सोमवार, आश्विन १९ गते २०८३

राजाको पक्षमा काठमाडौंमा केही भएकै छैन : शेरबहादुर देउवा

सोमवार , फाल्गुण २६, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजावादीहरूले काठमाडौंमा गरेको प्रदर्शन सामान्य भएको टिप्पणी गरेका छन् ।

सुदूरपश्चिम प्रदेश सम्मेलनलाई सम्बोधन गर्न आज धनगढी पुगेका सभापति देउवाले धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । सभापति देउवालाई सञ्चारकर्मीहरुको प्रश्न थियो, हिजो काठमाडौंमा अद्भुत प्रदर्शन भयो भन्ने हल्ला छ ?

जवाफमा सभापति देउवाले भनेका छन्, ‘कहाँ अद्भुत हुन्छ ? केही भएकै छैन ।’ उनले अहिले दुई दल सरकारमा रहेको र सरकार राम्रोसँग चलेको पनि बताएका छन् ।

सभापति देउवाले भने, ‘दुईवटा पार्टी सरकारमा छन् । राम्रैसँग चलेको छ । सरकारमा कुनै समस्या छैन, ।’ उनले ०८४ सम्म सरकार चल्ने दाबी गरेका छन् । उनले पार्टीको महाधिवेशन समयमै हुने बताएका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार