सोमवार, आश्विन १९ गते २०८३

आत्मनिर्भरताको बाटोमा लाग्न गैससलाई प्रधानमन्त्रीको आग्रह

सोमवार , फाल्गुण २६, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थाहरूलाई आग्रह गरेका छन् ।

गैह्रसरकारी संस्था महासंघको ११ औं महाधवेशन तथा नागरिक सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । विश्वव्यापीकरणको अवस्थामा सबै काम एक्लै गर्न नसकिने स्थिति भए पनि उर्बर नेपाली भूमिलाई प्रयोग गरेर उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्ने उनको भनाइ रहेको छ ।

प्रधानमन्त्री ओलीले सामाजिक संस्थाले असफलताको मात्र नभई सफलता, आशा र उपलब्धिको चर्चा गर्न सुझाव दिँदै विकासको प्रयासमा कुनै प्रकारको अवरोध सृजना हुन नदिने स्पष्ट गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार