काठमाडौं । आज सेयर बजार २०.६८ अंकले घटेको छ । सो गिरावटपछि नेप्से २७५१.४२ विन्दुमा कायम भएको छ । योसहित लगातार छैटौं दिन बजार घटेको छ । बजारको अंकसँगै कारोबार रकम पनि घटेको छ ।
अघिल्लो दिन १० अर्ब ९ करोडको कारोबार भएकोमा आज ८ अर्ब ३७ करोडको कारोबार भएको छ । कुल ४४ कम्पनीको मूल्य बढ्दा १९१ को घटेको छ भने ८ वटाको अघिल्लो मूल्यमै कारोबार भइरहेको छ । अन्यबाहेक सबै सेक्टर घटेका छन् । हिमालयन रिइन्स्योरेन्सको मूल्य १.१६ प्रतिशत बढ्दा अन्य समूह ०.०८ प्रतिशतले बढेका छन् । बैंकिङ ०.४४, विकास बैंक ०.७३, फाइनान्स ०.७०, होटल तथा पर्यटन ०.९९, हाइड्रोपावर १.१६, लगानी १.५१, जीवन बीमा ०.४१, उत्पादन १.१५, माइक्रोफाइनान्स ०.६३, निर्जीवन बीमा ०.६८ र व्यापार सेक्टर १.६५ प्रतिशतले घटेका छन् ।
नेस्डो समृद्धि लघुवित्तको १० प्रतिशत मूल्य बढेको छ । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ८.७३, विन नेपाल लघुवित्तको ८.५३, स्वाभिमान लघुवित्तको ३.०२ तथा ग्रिन डेभलपमेन्टको २.५६ प्रतिशत बढेको छ । उपकार लघुवित्तको ६.९८, सिक्लेस हाइड्रोपावरको ५.८६, उन्नति सहकार्य लघुवित्तको ४.६२ प्रतिशत मूल्य घटेको छ । नेपाल पुनर्बीमाको सबैभन्दा धेरै ७३ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यसपछि धेरै हिमालयन रिइन्स्योरेन्सको ७३ करोड १७ लाखको कारोबार भएको छ । एनएलजी इन्स्योरेन्स, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र घलेम्दी हाइड्रोपावर लगातार कारोबार रकमका आधारमा उत्कृष्ट पाँचभित्र पर्न सफल भएका छन् ।