आइतवार, श्रावण २४ गते २०८३

सांसदहरूको स्वास्थ्य परीक्षण गर्दै सरकार

मंगलवार , फाल्गुण २७, २०८१

काठमाडौं । सांसदहरूमा नसर्ने रोग रहे/नरहेको परीक्षण गरिँदै छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय संसद सचिवालयलाई पत्र लेखेर परीक्षण कार्यका लागि सहजीकरण गरिदिन अनुरोध गरेको छ । पत्र अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट नसर्ने रोग परीक्षण गर्न चिकित्सकको टोली खटिनेछ । उक्त टोलीले संघीय संसदका सदस्य, कर्मचारी र सञ्चारकर्मीहरुको नसर्ने रोगको परीक्षण गर्नेछ । जस अन्तर्गत मधुमेह, उच्च रक्तचाप, मिर्गौला सम्बन्धी रोग तथा शरीरको उचाइ र तौलको अनुपात परीक्षण हुनेछ ।

परीक्षण बुधबार गरिनेछ । बिहान ११ बजेदेखि नयाँ वानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा स्वास्थ्य परीक्षण हुने गरिने छ । संघीय संसद सचिवालयले परीक्षणमा सहभागी हुन सांसद, कर्मचारी र सुरक्षाकर्मीहरूलाई जानकारी गराएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार