सोमवार, आश्विन १९ गते २०८३

रास्वपा सांसद डा. तोसिमाको सांसद पद जोगियो

मंगलवार , फाल्गुण २७, २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीको सांसद पद जोगिएको छ ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिँदा मेडिकल काउन्सिल सदस्य सार्वजनिक पद भएकाले राजीनामा नगरी उम्मेदवार बन्न नपाउने भनी निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेपछि उनी अदालत पुगेकी थिइन् ।

सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि उनले उम्मेदवारी दिएर चुनावमा उम्मेदवार हुन पाएकी थिइन् । सोही मुद्दाको मंगलबार निर्णय सुनाउँदै न्यायाधीशद्वय मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलाशले रिट जारी हुने फैसला गरेको छ ।

विवाद भएपछि उनले मेडिकल काउन्सिल सदस्य पदबाट राजीनामा दिएकी थिइन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार