सोमवार, आश्विन १९ गते २०८३

कुनै पनि मन्त्री उपस्थित नभएपछि संसद बैठक स्थगित

बुधवार , फाल्गुण २८, २०८१

काठमाडौं । सरकारका कुनै पनि मन्त्री उपस्थित नभएपछि संसद बैठक स्थगित भएको छ । सभामुख देवराज घिमिरेले मन्त्री उपस्थित नभएकाले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

बुधवार बिहान ११ बजेका लागि तय भएको बैठक साढे ११ बजे शुरू भएको थियो । संसद बैठक सुरु हुनासाथ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा सरकारको प्रतिनिधिको रुपमा कुनै पनि मन्त्री उपस्थित नभएकाले बैठक स्थगित गर्न माग गरेका थिए । उनले सरकारले सदनलाई र जनप्रतिनिधिहरुलाई हेपिरहेको टिप्पणीसमेत गरेका छन् ।

त्यसपछि सभामुख घिमिरेले संसद बैठक स्थगित गरेका हुन् । संसद बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य मानिन्छ । एकजना पनि मन्त्री उपस्थित नभए संसद बैठक नबस्ने नियमावलीमा व्यवस्था छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार