काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले प्रणाली परिवर्तन मात्रै समाधान नभएको बताएका छन् ।
आज काठमाडौंमा नेपाल समाजवादी पार्टीले आयोजना गरेको ‘नयाँ युगको नयाँ कार्यभार : वैकल्पिक राजनितिको औचित्य र आधार’ विषयक अन्तर्संवाद कार्यक्रममा बोल्दै ज्ञवालीले यस्तो बताएका छन् । उनले प्रणाली परिवर्तन मात्रै समाधान भनेर अगाडि बढ्यौँ भने थप बढी समस्या आउने बताएका छन् ।’
पूर्वमन्त्री ज्ञवालीले भने, ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति एक मात्रै समाधान हो भन्ने तरिकाले बुझ्नु हुँदैन । त्यसमा पनि प्लस पोइन्टहरू होलान् । तर, नेपाल जस्तो भूराजनीतिक अवस्था भएको देश, त्यो पनि यस्तो पपुलिस्ट हावा चलिरहेको बेला र एउटा पपुलिस्ट शक्तिमा पुग्दा के हुँदोरहेछ भन्ने युक्रेनको तस्बिर देखिरहेको अवस्थामा प्रत्यक्ष निर्वाचित राष्ट्रपति नै समाधान हो भन्न मिल्दैन ।’