काठमाडौं । अघिल्ला सात कारोबार दिनसम्म लगातार झरेको सेयर बजार आज १७.२८ अंकले बढेको छ । सो वृद्धिपछि नेप्से २७३६.४८ अंकमा कायम भएको छ ।
अघिल्लो दिन ८ अर्ब ३९ करोडको कारोबार भएकोमा आज ८ अर्ब २३ करोडको कारोबार भएको छ । धेरैजसो सेक्टर बढेका छन् । बैंकिङ ०.५३, फाइनान्स ०.०२, होटल तथा पर्यटन ०.६४, हाइड्रोपावर ०.८५, लगानी १.७६, जीवन बीमा ०.६४, उत्पादन ०.१८, निर्जीवन बीमा ०.४०, अन्य १.५७ र व्यापार ०.२१ प्रतिशतले बढेका छन् । माइक्रोफाइनान्स ०.२७ र विकास बैंक सेक्टर ०.३३ प्रतिशतले घटेका छन् ।
पिपुल्स हाइड्रोपावरको मूल्य ९.७९ प्रतिशत बढेको छ । प्रभु इन्स्योरेन्सको ७.८९, दिव्यश्वरी हाइड्रोपावरको ७.६७, घलेम्दी हाइड्रोपावरको ६.७१ तथा मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ६ प्रतिशत मूल्य बढेको छ । विन नेपाल लघुवित्तको मूल्य १० प्रतिशतले घटेको छ ।
कर्पोरेट डेभलपमेन्ट बैंकको ४.३१, ग्रीन डेभलपमेन्टको ३.८ प्रतिशतले मूल्य घटेको छ । कारोबार रकमका आधारमा माछापुच्छ्रे बैंक संस्थापक, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, घलेम्दी हाइड्रोपावर र नेपाल पुनर्बीमा कम्पनी अगाडि रहेका छन् ।