काठमाडौँ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले युक्रेन युद्धबारे अमेरिकाले रुससँग तत्काल कुरा गर्ने बताएका छन् । साउदी अरबमा भएको वार्तापछि युक्रेन तत्काल एक महिने युद्धविरामका लागि तयार भएसँगै रुबियोले रुससँग कुरा गर्ने बताएका हुन् ।
युक्रेन युद्धविरामका लागि तयार भएसँगै अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रुससँग कुरा गर्ने बताए । साउदी अरबबाट आयरल्याण्ड पुगेका रुबियोले श्यानन विमानस्थलमा पत्रकारहरूसँग अमेरिकाले रुसलाई सबै शत्रुता अन्त्य गर्न जोडदार आग्रह गर्ने बताएका छन् ।
‘हामी आज उनीहरूसँग सम्पर्क गर्नेछौं । हामीले विभिन्त तहका समकक्षी तथा प्रशासनका विभिन्न सदस्यहरूसँग सम्पर्क गरिरहेका छौं । र, त्यो जारी रहनेछ,’ रुबियोले भने ।