सोमवार, आश्विन २६ गते २०८३

आज यी ३ प्रदेशमा वर्षाको सम्भावना

बिहिवार , फाल्गुण २९, २०८१

काठमाडौँ । हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुकोसमेत आंशिक प्रभाव रहेको छ।

यतिबेला (बिहीबार बिहान) देशभरको मौसम आंशिक बदलीदेखि मूख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा आज हल्का हिमपातको सम्भावना रहेको छ। कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा  मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

‘मेघ गर्जन र चट्याङसहितको वर्षा र हिमपातको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाटसमेत बच्नको लागि आवश्यक उपाय तथा सतर्कता अपनाउन अनुरोध छ,’ बुलेटिनमा भनिएको छ। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार