मंगलवार, आश्विन १३ गते २०८३

बोरुसिया डर्टमन्ड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

बिहिवार , फाल्गुण २९, २०८१

काठमाडौँ । बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । लिलविरुद्ध पुनरागमन जित निकाल्दै डर्टमन्डले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।

गए राति भएको लिगको दोस्रो खेलमा डर्टमण्डले २-१ को जित निकाल्यो । यससँगै उसले समग्रमा ३-२ को जित निकालेको हो । यसअघि पहिलो लिगमा यी दुई टोलीले १-१ गोलको बराबरी खेलेका थिए ।

यससँगै डर्टमण्डले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बार्सिलोनासँगको भेट पक्का गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार