मंगलवार, आश्विन १३ गते २०८३

अपराधी पक्रन गएका इन्सपेक्टरलाई स्थानीयले कुटेर मारे

बिहिवार , फाल्गुण २९, २०८१

काठमाडौ‌ं : भारतको बिहारमा अभियुक्त पक्रन गएका एक प्रहरी निरीक्षकलाई स्थानीयले कुटेर मारेका छन्। 

अपराधी पक्रिन दुई दिनअघि सहकर्मीसहित लक्ष्मीपुर गाउँ पुगेका इन्स्पेक्टर राजीवकुमार मल्ललाई स्थानीयले कुटेर मारेको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ। 

फुल्काहा प्रहरी थानामा कार्यरत इन्सपेक्टर मल्ल मंगलबार राति लक्ष्मीपुर गाउँमा भीडको कुटपिटबाट मारिएका हुन्।  उनको टोलीले अभियुक्तलाई नियन्त्रणमा पनि लिइसकेको थियो। तर गाउँलेले आक्रमण गरी उसलाई प्रहरीबाट छुटाएका थिए। 

अपराधी बचाउने क्रममा इन्स्पेक्टर मल्लसँग गाउँलेको झडप भएको र उनलाई भीडले अन्धाधुन्ध आक्रमण गर्दा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार