सोमवार, आश्विन २६ गते २०८३

कस्तो होला आज देशभरको मौसम?

शुक्रवार , फाल्गुण ३०, २०८१

काठमाडौँ । हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ। यतिबेला (शुक्रबार बिहान) देशका पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ। 

देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागका एकदुई स्थानमा  मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। 

आज देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुर् स्थानमा हल्का हिमपातको पनि सम्भावना छ। वर्षा तथा हिमपातको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाटसमेत बच्नको लागि आवश्यक उपाय तथा सतर्कता अपनाउन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ। 


प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार