आइतवार, आश्विन २५ गते २०८३

पोखरेलविरुद्धको अविश्वासको प्रस्ताव रोक्न दयार रिटको पेशी न्यायाधीश राउतको इजालसमा

मंगलवार , श्रावण २६, २०७८

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव रोक्न सर्वोच्चमा परेको रिट निवेदन न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजालसमा परेको छ ।

प्रदेशसभा सदस्य लीला गिरीले सोमबार रिट दायर गरेको रिट  राउतको एकल इजालसमा परेको हो। रिटमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव ल्याउन निमिल्ने दाबी गरिएको छ। 

संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त दलको नेताका रूपमा पोखरेल मुख्यमन्त्री नियुक्त भएकोले दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नपाइने तर्क रिट निवेदकको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार