सोमवार, आश्विन १९ गते २०८३

समाजवादी मोर्चाको बैठक जारी

शुक्रवार , फाल्गुण ३०, २०८१

काठमाडौं । समाजवादी मोर्चाको बैठक जारी रहेको छ । नेकपा एसको केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकमा विपक्षी चार दल नेताहरू सहभागी छन् ।

बैठकमा चैत १५ गते हुने विरोधसभाको तयारीका विषयमा छलफल हुने छ । मोर्चाले चैत २ गते बिहान बौद्धिक वर्गसँग अन्तर्क्रिया राखिएको छ । सो विषयमा पनि आजको बैठकमा छलफल हुने छ ।

फागुन २५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा देखिएको भिडपछि अहिले विपक्षी मोर्चा पनि आफ्नो शक्ति प्रदर्शनका तयारीमा रहेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार