सोमवार, आश्विन १९ गते २०८३

पाथीभरा केबलकार विवादः फेरि छलफलका लागि गृहले बोलायो आन्दोलनरत पक्षलाई

शुक्रवार , फाल्गुण ३०, २०८१

काठमाडौं । पाथीभरा केबलकार विवादमा सरकारले आन्दोलनरत पक्षलाई फेरि छलफलका लागि आह्वान गरेको छ ।

गृह मन्त्रालय अन्तर्गत रहेको वार्ता टोलीको सचिवालयले मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ अन्र्तदलिय संघर्ष समितिलाई सम्बोधन गरी वार्ताका लागि आह्वान गरेको हो । वार्ता टोलीका संयोजक गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईद्वारा हस्ताक्षरित पत्रमा समस्याको शान्तिपूर्ण समाधान गर्ने बिषयमा वार्ताका लागि आन्दोलनरत पक्षका तर्फबाट ताप्लेजुङ जिल्लाका स्थानीय प्रतिनिधिहरूलाई आह्वान गरेका छन् ।

गृह मन्त्रालयले आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक,धार्मिक एवम् सांस्कृतिक तथा स्थानीय समुदायका स्थानीय मागहरूका सन्दर्भमा स्थानीय सरोकारवालासँग वार्ता र संवादमार्फत समस्याको शान्तिपूर्ण समाधानका लागि आह्वान गरेको छ । सरकार र आन्दोलनरत पक्षबिच गत माघ २२ गते पहिलो पटक वार्ता भएको थियो ।

मन्त्रालयले आन्दोलनरत पक्षको वार्ता सहजीकरण समिति र सरकारबिच माघ २२ गते देखि निरन्तर रुपमा वार्ता र संवाद भइरहेको समेत बताएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार