सोमवार, आश्विन १९ गते २०८३

प्रचण्डलाई ज्ञानेन्द्र शाहीको जवाफ- तपाईं र तत्कालीन सरकार मिलेर राजा वीरेन्द्रको वंशनाश गरेको हो

शुक्रवार , फाल्गुण ३०, २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भाइमाराको संगीन आरोप लगाएपछि राप्रपा सचेतक ज्ञानेन्द्र शाही प्रतिवादमा उत्रिएका छन् ।

सिन्धुपाल्चोकको मेलम्चीमा शुक्रबार आयोजित कार्यक्रममा प्रचण्डले वंश विनाश गर्नेहरूले राजा बन्ने धाक देखाएको भन्दै पूर्वराजा ज्ञानेन्द्रलाई खबरदारी गरेका थिए । त्यसको केही घण्टापछि जवाफ फर्काउँदै राप्रपा सचेतक शाहीले विदेशीको इसारामा प्रचण्ड र तत्कालीन सरकारको मिलेर वीरेन्द्रको वंशनाश गरेको बताएका छन् । 
 

‘सिधा भाषामा भन्दा विदेशीको इसारामा  प्रचण्डजी तपाईं र तत्कालीन सरकार मिलेर राजा वीरेन्द्रको वंशनाश गर्‍यो। तर, यस्तै भड्किला झुटा भाषण गर्दै हिँड्यौ भने प्रचण्डजी नेपाली जनताले तपाईंलाई माफी दिने छैनन्’, शाहीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार