आइतवार, श्रावण २४ गते २०८३

पूर्वराजामाथि भाइमारा, मूर्ति चोर र सुन तस्करको आरोप लगाउने प्रचण्ड पक्राउ पर्लान ?

शुक्रवार , फाल्गुण ३०, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि विवादित अभिव्यक्ति दिएका छन् । प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भाइमाराको आरोप लगाएका हुन् । 

सोमबार सिन्धुपाल्चोकको मेलम्ची नगर समितिको सम्मेलनलाई सम्बोधन गर्दै उनले पूर्वराजामाथि प्रमाण विना मूर्ति चोर र भाइ माराको आरोप लगाएका हुन् । 

प्रचण्डले भने, ‘यो नौटकीहरु देखाइँदैछ, राजामहाराजाहरुको बारेमा। २५० वर्षसम्म यो देशलाई कहाँ पुर्याए। नेपाली जनताले बिर्सेको छ ? मुर्तिचोर को हुन् ?’

प्रचण्डले मुर्ति चोर को हुन् ? भनेर प्रश्न गर्दा कार्यकर्ताले ताली बजाए । कार्यकर्ताको तालीले हौसिएका प्रचण्डले फेरि भने, ‘नेपालका ठूला मूर्ति चोरहरू अहिले राजा। भाइमारा को हो ? आफ्नै वंश मास्नेले अहिले धाक लगाउन मिल्छ ? सुन तस्कर को हो ? नेपाली जनताले बिर्सियो भन्ठानेको ?’

तर, यहाँ प्रश्न के हो भने, प्रचण्ड देशको प्रधानमन्त्री भइसकेका व्यक्ति हुन् भने, संसदको तेस्रो ठुलो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष हुन् । प्रचण्डले प्रमाण विना खुलेआम पूर्वराजा ज्ञानेन्द्र शाहमाथि भाइमाराको आरोप लगाउन मिल्छ ? आफ्नै भाइ मारेको आरोप लगाउनु सामान्य विषय होइन । उग्र अभिव्यक्ति दिने प्रचण्डलाई ओली नेतृत्वको सरकारले पक्राउ गर्छ या गर्दैन ? भन्ने प्रश्न खडा भएको छ । 

के ज्ञानेन्द्रले सत्ताको मोहका लागि तत्कालीन राजा विरेन्द्रको वंश नास गरेकै हुन् ?तर, घटना क्रमले राजनीतिक दलको मिलेमतो देखिन्छ । यदि राजा विरेन्द्रको हत्या नभएको भए सायद नेपालमा संवैधानीक राजतन्त्र अहिले सम्म हुने थियो । २०६५ जेठ १५ मा बसेको संविधानसभाको पहिलो बैठकले गणतन्त्रको स्थापना गर्दै राजतन्त्रको अन्त्य गरेको त्यो समयलाई सम्झन जरुरी छ । 

२०६५ जेठ १५ मा बसेको संविधानसभाको पहिलो बैठकले राजतन्त्रको अन्त्य गरेर राजा ज्ञानेन्द्र शाहलाई नारायणहिटी दरबार छोड्न १५ दिनको समय सिमा दियो । उक्त समय सिमामा शाहले कुनै आनाकानी नगरि नारायणहिटी छाडे । यदि ज्ञानेन्द्रलाई सत्ताको मोह भएको भए उनी राजनीतिक दलको प्रतिवादमा उत्रिने थिए । त्यसबेला उनको साथमा सेना थियो ।

सेनालाई युद्धका लागि आदेश दिएको भए हजारौँ जनताले ज्यान गुमाउनु पथ्र्यो । तर, ज्ञानेन्द्रले म आफ्ना जनतामाथि गोली चलाउदैँन भन्दै नारायणहिटी छोडे । अब अहिलेका राजनीतिक दलहरुले सत्ता छोड्न सक्लान ? अँह कुनै पनि हालतमा छोड्न सक्दैँनन् । सत्ताकै लागि फरक विचार धाराका पार्टी रातारात मिल्छन् । भने, एक अर्कालाई गालिगलौच गर्ने ओली प्रचण्ड कुन बेला एक ठाउमा उभिन्छन् ? कुनै ठेगान हुदैँन । 


राजदरबार हत्या काण्ड

वि.सं २०५८ जेठ १९ गते नारायणहिटी राजदरबारको त्रिभुवन सदनमा राजा वीरेन्द्रसहित उनको वंश नाश हुनेगरी रक्तपात मच्चियो । उच्च सुरक्षा घेराभित्र भएको यो हत्याकाण्ड दुई दशकसम्म पनि रहस्यको गर्भमै छ । जेठ १९ गते साँझ तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरू श्रुति, शान्तिसिंह र शारदा शाह, शाहजादी जयन्ती शाह, कुमार खड्गविक्रम शाह र पूर्व अधिराजकुमार धीरेन्द्र शाह गरी राजपरिवार र शाही नाताका दश जनाको एकै चिहान भयो । हत्याकाण्डका दिन ज्ञानेन्द्र पोखरामा थिए भने अन्य राजपरिवारका सदस्यहरू रात्रिभोजसमारोहमा सहभागी भएका थिए ।

घटना लगत्तै बनेको एक छानबिन समितिले तत्कालीन युवराज दीपेन्द्रले आफूले भनेकी युवतीसँग विवाह गर्न नपाएको झोंक र नसा सेवन गरेको अवस्थामा राजपरिवारका सदस्यहरूलाई मारी आफूले पनि आत्महत्या गरेको भन्ने रिपोर्ट सार्वजनिक ग¥यो ।उक्त रातको समयमा नारायणहिटी दरबारको त्रिभुवन सदनमा रात्रिभोज चलिरहेको थियो ।

उक्त पाटीमा तत्कालिन राजा विरेन्द्रको परिवार र उनका आफन्त सहभागि थिए । पाटीमा शाही परिवारका आफन्तबाहेक अरुलाई जान अनुमति थिएन । यसैबीच ८ः५० बजे त्रिभुवन सदनभित्र अरुसँग कुरा गरिरहेका राजा विरेन्द्र नजिक अकस्मात सैनिक कम्ब्याट पोशाकमा दुईतर्फ राइफल र १२ वोर बन्दुक बोकेका युवराज दीपेन्द्रको भेषका व्यक्तिको प्रवेश भयो । र, उनैले राजा विरेन्द्रलाई भटटट... फायर गरी त्यहाँबाट बाहिर निस्की सो कोठाको पूर्वतर्फ भित्री बगैँचाको छेउकै उत्तरतर्फ झ्याङ्ग नजिक १२ वोरको बन्दुक फ्याँकी पुनः भित्र विलियार्ड कोठामा प्रवेश गरी वत्ती र टेलिस्कोप सहितको राईफल सोझ्याउदै आएर सवैलाई गोली हानेको छानविन समितिको प्रतिवेदनमा भनिएको छ ।

तर, यस प्रतिवेदनले भनेको धेरैले त्यस बेला पनि पत्याएका थिएनन् र अहिले पनि पत्याउन सकेका छैनन् । प्रतिवेदनमै कैयन प्रश्न छन् । घटनाको दोषी दीपेन्द्रलाई देखाइएकोमा राजनीतिक दलका शिर्ष नेता नै त्यसलाई गलत दाबी गर्छन् । एकथरिले उक्त हत्याकाण्डमा तत्कालिन राजा ज्ञानेन्द्रको हात भएको दाबी गर्छन् भने अर्कोथरिले राजनीतिक दलका नेताहरुको हात भएको दाबी गर्छन् । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार