काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)का बन्न पाँच जना सर्टलिस्टमा परेका छन् । साँझसम्म नेप्सेको सीईओ पदका लागि आवेदन परेको १० जनामध्ये पाँच जनालाई कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको हो ।
सिफारिस समितिका अनुसार चूडामणि चापागाईँ, नारद कुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्री प्रसाद प्याकुरेल र हेमन्त बस्याल सर्टलिस्टमा परेका छन् । उनीहरूलाई बुधवार बिहान ७ बजे कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाइएको छ ।