मंगलवार, आश्विन १३ गते २०८३

दक्षिण अमेरिकामा भयानक आँधी, कम्तीमा २० जनाको मृत्यु

आइतवार , चैत्र २, २०८१

काठमाडौँ । दक्षिण अमेरिकामा भयानक आँधी आएको छ। यसमा कम्तीमा २० जनाको मृत्यु भएको छ। तीमध्ये १२ जना मिसौरीका छन्। 

बीबीसीका अनुसार आँधीले दक्षिण-पूर्वी राज्यहरूमा ठूलो क्षति पुर्‍याएको छ। धेरै सवारीसाधन पल्टिएका छन् भने धेरै घरमा क्षति पुगेको छ।

टेक्सासमा आँधीका कारण कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। ओक्लाहोमा र अर्कान्सासमा पनि जनधनको क्षति भएको खबर छ।

ट्र्याकर पावरआउटेजका अनुसार शनिबार दिउँसो (स्थानीय समय) ६ राज्यका २ लाख ४० हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध भएको छ। प्रभावित राज्य टेक्सास, मिसौरी र इलिनोइस छन्। 

मध्य मिसिसिपी, पूर्वी लुइसियाना र पश्चिमी टेनेसीका लागि गम्भीर मौसम चेतावनी जारी गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार