सोमवार, आश्विन १९ गते २०८३

प्रचण्डले मानसिक सन्तुलन गुमाएको राप्रपाको निष्कर्ष

आइतवार , चैत्र २, २०८१

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अत्तालिएर, सन्तुलन गुमाएर पूर्वराजा ज्ञानेन्द्र शाहमाथि तुच्छ, अमर्यादित, विनाप्रमाणको लाञ्छना लगाएको भन्दै प्रचण्डको सो अभिव्यक्तिको भत्र्सना गरेको छ ।

राप्रपाका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा. धवलशमशेर राणाको अध्यक्षतामा बसेको बैठकले विनाप्रमाणको आरोप लगाए राप्रपा दर्शक भएर नबस्ने र प्रतिरोध गर्ने निष्कर्ष निकालेको प्रवक्ता सगुनसुन्दर लावतीले जानकारी दिए।

उनका अनुसार पूर्वराजाप्रति प्रचण्डले लगाएको लाञ्छनाको बैठकले भत्र्सना गरेको हो । उनले भने, ‘नेपाली जनता परिवर्तनको पक्षमा देखिएपछि अत्तालिएर पुष्पकमल दाहालले सन्तुलन गुमाएको आम नेपाली जनताले राम्ररी बुझेका छन् । परिवर्तन देश र समयको आवश्यकता हो, परिवर्तन निश्चित छ ।’

प्रचण्डले शुक्रवार मेलम्ची पुगेर प्रचण्डले पूर्वराजाप्रति संगीन आरोप लगाएका थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार