काठमाडौं । एकपछि अर्को आक्रामक निर्णय गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ४१ देशमाथि यात्रा तथा भिसा प्रतिबन्ध लगाउने भएको छ । रोयटर्सका अनुसार तीमध्ये कतिपय देशमा पूर्ण प्रतिबन्ध लगाइँदैछ भने केहीमा आंशिक ।
अमेरिकाले अफगानिस्तान, उत्तर कोरिया, सिरिया, इरान, क्युवासहितका देशमा आफ्ना नागरिकलाई पूर्ण प्रतिबन्ध लगाएको छ भने ती देशका नागरिकलाई पनि भिसा नदिने नीति लिएको हो । पूर्ण प्रतिबन्ध लगाइएका देशहरूलाई रातो सूचीमा राखिएको छ ।
रातो सूचीमा रहेका अन्य देशमा भुटान, लिबिया, यमेन, सोमालिया, सुडान र भेनेजुयला समेत छन् । त्यस्तै यात्रा कडाइ सूचीमा राखिएका देशमा दक्षिण पाकिस्तान, बेलारुस, हाइटी, लाओस,म्यानमार, रुस, सियरालिओन, दक्षिण सुडान, तुर्केमिनिस्तान लगायत छन् । यी देशको भिसा नीतिमा आंशिक निलम्बन गरिएको र यसको असर पर्यटक तथा विद्यार्थी भिसाका साथै आप्रवासी भिसामा पर्ने बताइएको छ ।