काठमाडौं । साताको पहिलो कारोबार दिन आज सुनको मूल्य घटेको छ । यसअघि शुक्रबार रेकर्ड मूल्य कायम गरेको सुन आज चार सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा एक लाख ७४ हजार ५ सय रुपैयाँ कायम भएको थियो । जुन मूल्य इतिहासकै उच्च रहेको थियो ।
यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । शुक्रबार तोलाको दुई हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ५ रुपैयाँले घटेर दुई हजार ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।