सोमवार, आश्विन १९ गते २०८३

रास्वपाले किन बोलायो सचिवालय बैठक ?

आइतवार , चैत्र २, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । सचिवालय बैठक आज अपराह्न ४ बजे बोलाइएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

बैठक पार्टी कार्यालय बनस्थलीमा बस्ने तय भएको छ । बैठकमा पार्टी गतिविधि र समसामयीक राजनीति, आगामी कार्यक्रमसम्बन्धी प्रस्तावित प्रतिवेदन, केन्द्रीय समितिको विस्तारित बैठकसम्बन्धी प्रस्तावलगायतका एजेन्डा रहेका झाको भनाइ छ ।

कार्यवाहक प्रवक्ता झाका अनुसार पार्टी नियमित गतिविधिबारे छलफल गर्नुका साथै अघिल्लो बैठकहरूको समीक्षासमेत हुने भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार