सोमवार, आश्विन २६ गते २०८३

बिरामीलाई अस्पताल पुर्‍याएर फर्किएको एम्बुलेन्स दुर्घटना

आइतवार , चैत्र २, २०८१

काठमाडौं । मोरङको बूढीगंगामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार शनिबार राति कोसी राजमार्गअन्तर्गत बूढीगंगा गाउँपालिका-३ स्थित महालक्ष्मी वायरअगाडि मनमाया श्रेष्ठ स्मृति प्रतिष्ठान मोरङको को १ च ४७७४ नम्बरको एम्बुलेन्स सडकको डिभाइडरमा ठोकिएको थियो ।

दुर्घटनामा एम्बुलेन्स चालक उदयपुरको पञ्चवती घर भई मोरङको बूढीगंगा-२ बस्दै आएका २४ वर्षीय आशिष राईको मृत्यु भएको मोरङका ट्राफिक प्रहरीले जानकारी दिएका छन् । दुर्घटनामा गम्भीर घाइते राईलाई उपचारका लागि विराट शिक्षण अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो ।

बिरामीलाई अस्पताल पुर्‍याएर चालक घर फर्किंदै गर्दा एम्बुलेन्स दुर्घटना भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार