काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले योजनावद्ध ढंगले परिस्थिति परिवर्तन गर्न लागि पर्ने बताएका छन् ।
आज नेपाल उद्योग परिसंघले आयोजना गरेको ‘महिला नेतृत्व शिखर सम्मेलन’लाई सम्बोधन गर्दै उनले योजनाहित सक्रियता र धैयर्तापूर्वक अघि बढिरहेको दाबी गरेका छन् । उनले भने, ‘हामी योजनाहिन होइन योजनावद्ध सक्रियतामा अघि बढ्छौँ । निराशामा उभिएर होइन आशावादीताकासाथ अघि बढ्छौं, जबसम्म परिस्थिति ठीक हुँदैन तबसम्म हामी योजनावद्ध ढंगले परिस्थिति परिवर्तन गर्न लाग्नेछौँ ।’
उनले आशावादीताका साथ अघि बढ्दा र योजनासहित अघि बढ्दा असम्भव केही पनि नहुने बताएका छन् । सरकार भ्रष्टाचार नियन्त्रण र अन्त्य गर्नका लागि संकल्पका साथ अघि बढिरहेको उनले दाबी गरेका छन् । उनले नेपालमा अहिले झुटको खेती धेरै हुने गरेको भन्दै सही र गलत छुट्याएर अघि बढ्न जरुरी रहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले लोकतन्त्र एउटा राजमार्ग भएको र राजमार्गमा ब्याक गेयर नलगाइने भन्दै निरन्तर अघि बढ्ने बताएका छन् । उनल भने, ‘सही र गलत छुट्याएर अघि बढ्नुपर्छ । डेमोक्रेसी भनेको हाइवे हो । हाइवेमा ब्याक गेयर लगाइँदैन । डेमोक्रेसी इज अ हाइ वे । यसमा ब्याक गेयर लगाइँदैन, अघि बढिन्छ, ।’