मंगलवार, आश्विन १३ गते २०८३

अमेरिकी हवाई हमलामा अहिलेसम्म ५३ जना मारिए: हुथी

सोमवार , चैत्र ३, २०८१

काठमाडौँ ।  यमनका हुथी विद्रोहीहरूले अमेरिकी हवाई आक्रमणमा मृत्यु हुनेको संख्या ५३ पुगेको बताएका छन्। विद्रोहीहरूको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मृत्यु हुनेमा ५ बालबालिका रहेको उल्लेख छ।

शनिबार अमेरिकाले हुथी विद्रोहीहरूविरुद्ध ‘निर्णायक र शक्तिशाली’ हवाई आक्रमण सुरु गरेको बताएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लाल सागरमा जहाजमा हुथी विद्रोहीहरूले गरेको आक्रमण उनीहरूविरुद्ध कारबाहीको कारण बताएका थिए।

अमेरिकाले मारिएकाहरूमा केही प्रमुख हुथी विद्रोही पनि रहेको बताएको छ। तर हुथी विद्रोहीहरूले यसको पुष्टि गरेका छैनन्।यसैबीच हुथी विद्रोही नेता अब्दुल मलिक अल-हुथीले जबसम्म यमनमा अमेरिकी आक्रमण जारी रहन्छ, तबसम्म हुथी विद्रोहीहरूले लाल सागरमा अमेरिकी जहाजहरूलाई निशाना बनाइरहने चेतावनी दिएका छन्।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार