सोमवार, आश्विन १९ गते २०८३

सांसद दीपक सिंहको प्रश्न : यौन व्यवसाय र कोठी चलाउन सरकारले अनुमति दिन लागेको हो ?

सोमवार , चैत्र ३, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंहले सरकारले यौन व्यवसायलाई अनुमति दिन लागेको हो ? भन्दै प्रश्न गरेका छन् ।

आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै पर्यटक धेरै भित्र्याउने नाममा सरकारले वेश्यालय सञ्चालन गर्न लागेको हो ? भन्दै प्रश्न गरेका छन् । आइतबार सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले यौन व्यवसाय र गाँजा खेतीलाई खुला गरेर पर्यटन भित्र्याउनुपर्ने बताएका थिए । यसैमा सिंहले आपत्ति जनाएका छन् ।

उनले भने, ‘देशको आर्थिक विकासका लागि पर्यटक भित्र्याउन, त्यो पनि ज्यादा खर्च गर्ने पर्यटक ल्याउनका लागि यौन पर्मिट लाइसेन्स ल्याउनुपर्छ भन्नुभएको छ एउटा जिम्मेवार सरकारको माननीयज्यूले । यो व्यवसाय, वेश्यालय, कोठी चलाउने, सरकारले नै चलाउन दिन लागेको त होइन ?’ 

त्यस्तै उनले प्रश्न गरे, नेपाल देव भूमि भएको भन्दै यस्ता व्यवसाय सञ्चालनका लागि नै गणतन्त्र ल्याएको हो ? 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार