काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको हो ।
सोमबारको बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी पदाधिकारी तथा सचिवालय सदस्यहरूलाई पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्न लागेका छन् ।
त्यस्तै बैठकमा समसामियक राजनीतिक परिस्थितको विषयमा विश्लेषणसहित छलफल हुने नेताहरूले बताएका छन् । ओलीले आगामी रणनीति के हुने भन्नेबारे नेताहरूसँग छलफल गर्न बैठक बोलाएको बताइएको छ ।
फागुन २५ गते पूर्वाराजा ज्ञानेन्द्र शाहको स्वागतमा काठमाडौंमा उनका समर्थकले गरेको प्रदर्शनपछि गणतन्त्रवादी दलहरूले त्यसको प्रतिवाद गर्दै आइरहेका छन् ।