सोमवार, आश्विन १९ गते २०८३

सरकारको विषयमा मिलनविन्दु देखेका छैनौं : पुष्पकमल दाहाल प्रचण्ड

सोमवार , चैत्र ३, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउनेबारे कांग्रेस-एमालेसँग छलफल नै नभएको बताएका छन् । उनले सरकारमा जाने कुनै नीति नभएको र नहुने बताएका छन्  ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले भने, ‘सरकारको विषयमा मिलनविन्दु हामीले देखेका छैनौं ।’ कांग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउन लागेको भनेर चर्चा भइरहेको भन्दै प्रचण्डले त्यसमा सत्यता नभएको बताएका छन् । उनले भने, ‘देशमा संकट आयो भने संकट कसरी समाधान भन्ने हाम्रो विचार त हामी दिन्छौं ।’

तर यही सरकारमा गएर हामी पनि कोट हुने, त्यसैमा सामेल हुने कुनै नीति हाम्रो छैन । बाँकी प्रचार सबै भ्रम हो, । प्रचण्डले सरकारमा रहेका दलका नेताहरुसँग सत्यनिरुपण र मेलमिलाप आयोग लगायतका विषयमा छलफल भएको तर माओवादी सरकारमा जानेबारे कसैसँग छलफल नभएको जिकिर गरेका छन् ।

उनले भने, ‘कसैसँग औपचारिक कुरा भएको हो कि भन्ने आएको छ, कुरा कसैसँग भएको छैन, । अन्यअन्य विषयमा त कुरा हुन्छ, जस्तो टीआरसी, सत्य निरुपणसँग सम्बन्धित, बेपत्तासँग सम्बन्धित कुरा त गर्नु नै पर्छ, मैले गरी पनि राख्या छु । तर सरकार बनाउने बारेमा यो पटक हामी बेल्कुल छैनौं ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार