मंगलवार, आश्विन १३ गते २०८३

इजरायलद्वारा गाजामा भीषण आक्रमण, ३४ जनाको मृत्यु, ७० घाइते

मंगलवार , चैत्र ४, २०८१

काठमाडौँ । इजरायली सेनाले गाजा पट्टीमा ठूलो आक्रमण गरिरहेको छ। सेनाले विज्ञप्ति जारी हमासको ‘आतंकवादी लुक्ने ठाउँ’लाई लक्ष्य गरेर हमला थालिएको जानकारी दिएको हो। 

रोयटर्सले चिकित्सक र प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै मध्य गाजाको देइर अल(बलाहमा तीन घरलाई निशाना बनाइएको बताएको छ।

साथै खान युनिस र रफाहमा पनि भवनई लक्ष्य गरेर आक्रमण गरिएको छ।  गाजाको नागरिक रक्षा निकायले आक्रमणमा ३४ प्यालेस्टिनीको मृत्यु भएको र ७० जना घाइते भएको जनाएको छ।

जनवरी १९ मा गाजामा युद्धविराम सुरु भएयता यो अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण हो। इजरायली प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र रक्षामन्त्री इजरायल काट्जले मंगलबार बिहान गाजा पट्टीमा आक्रमणको आदेश दिएका थिए।

‘हाम्रा बन्धकहरूलाई रिहा गर्न हमासले निरन्तर अस्वीकार गरेको र अमेरिकी राष्ट्रपतिका विशेष प्रतिनिधि विट कोच र अन्य मध्यस्थकर्ताले गरेका प्रस्ताव अस्वीकार गरेपछि यो आक्रमण भएको हो’, विज्ञप्तिमा भनिएको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार