काठमाडौँ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आइपिओ बाँडफाँड भएको छ। आज बिहान साढे ८ बजे बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडले बाँडफाँड गरेको हो।
आइपिओमा रीतपूर्वक आवेदन दिएका १९ लाख ५५ हजार ६८५ जनामध्ये भाग्यशाली १ लाख ८४ हजार ५०० जनाले १० कित्ता शेयर हात पारेका छन् भने बाँकीको हात खाली भएको छ। आइपिओको नतिजा अनलाईनबाट हेर्न सकिनेछ।