काठमाडौं । रत्नराज्यलक्ष्मी (आरआर) क्यामपसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ ।
सबै तयारी पूरा भइसकेको अवस्थामा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले क्याम्पसको मूल गेटमा तालाबन्दी गरेपछि चुनाव स्थगित गरिएको हो ।
अनेरास्ववियुले सोमबार मध्यराति क्याम्पसको प्रवेशद्वारमै ताला लगाएको हो । निर्वाचन समिति संयोजक महेश भट्टराई र क्याम्पस प्रमुख डा. पद्मकुमार अधिकारीले सूचना जारी गर्दै सम्पूर्ण तयारी भइसकेको अवस्थामा तालाबन्दी हुँदा प्रतिकूल अवस्था सिर्जना भएकोले निर्वाचन स्थगित गरेको बताएका छन् ।
सरोकारवाला पक्षासँग छलफल गरी अर्को मिति तोक्ने गरी हाललाई निर्वाचन स्थगित गरिएको निर्वाचन सिमित संयोजक भट्टराईले बताएका छन् ।