मंगलवार, आश्विन १३ गते २०८३

म पुटिनसँग फोन वार्ताका लागि उत्सुक छु: ट्रम्प

मंगलवार , चैत्र ४, २०८१

काठमाडौँ ।  अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा शान्ति स्थापना गर्ने सम्झौताका सन्दर्भमा केही मुद्दामा सहमति भएको बताएका छन्।

राष्ट्रपति ट्रम्पले ट्रुथ सोसलमार्फत उक्त जानकारी दिएका हुन्। उनले लेखेका छन्, ‘म मंगलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेनमा भइरहेको युद्धसँग सम्बन्धित विषयमा छलफल गर्नेछु। सम्झौताको सम्बन्धमा केही मुद्दामा सहमति भए पनि धेरै अझै विचाराधीन छन्।’

ट्रम्पले अगाडि लेखेका छन्, ‘हजारौँ युवा सैनिकसहित धेरै मानिस मारिएका छन्। प्रत्येक हप्ता दुवैतर्फ २५०० सैनिक मरिरहेका छन्। यो अब अन्त्य हुनुपर्छ।’

‘म राष्ट्रपति पुटिनसँग फोन वार्ताका लागि उत्सुक छु।’ आज ट्रम्प र पुटिनबीच फोन वार्ता हुने बताइएको छ।  यसअघि राष्ट्रपति ट्रम्पले पत्रकारहरूसँग भनेका थिए, ‘हामी शान्ति सम्झौता, युद्धविराम गर्न सक्छौँ कि सक्दैनौँ भनेर हेरिरहेका छौं। र, मलाई लाग्छ, हामी त्यो गर्न सक्छौँ।’

सोमबार राति युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युद्ध लम्ब्याएको आरोप लगाएका थिए।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार