काठमाडौं । यसअघिका सबै रेकर्ड ब्रेक गर्दै सुनको मूल्य आज अहिलेसम्मकै महँगो बनेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनको मूल्यले तीन दिनअघिको उच्च रेकर्ड तोडेर नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिनको तुलनामा आज छापावाल सुन प्रतितोला १ हजार एकसय रुपैयाँले बढेको छ । आज सुन प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन छापावाल सुन तोलामा १ लाख ७४ हजार १ सय रुपैयाँ कायम भएको थियो । यसअघि गत शुक्रबार सुनको मूल्यले १ लाख ७४ हजार ५ सय रुपैयाँको उच्च रेकर्ड बनाएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । अघिल्लो दिन चाँदी प्रतितोला २ हजार ४० रुपैयाँमा मायम भएको थियो । आज चाँदी प्रतितोला २ हजार ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।