काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत मतदान भइरहेको छ ।
क्याम्पसहरूमा बिहान ८ बजेदेखि मतदान भइरहेको छ । ४६ आंगिक र २ सय ५० सम्बन्धनप्राप्त क्याम्पसमा मतदान भइरहेको छ । मतदान अपराह्न ४ बजेसम्म चल्नेछ । मतदानमा ६५ वर्षसम्मका विद्यार्थी पनि सहभागी भएका छन् । राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा ६५ वर्षीय विद्यार्थी मतदाता पनि सहभागी भएका छन् ।
त्रिविले प्रत्येक दुई–दुई वर्षमा स्ववियु निर्वाचन गर्ने गरेको छ । निर्वाचनका लागि राजनीतिक दलका विद्यार्थी संगठन अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियु, स्वतन्त्र विद्यार्थी समूहलगायतले भाग लिएका छन् ।