आइतवार, श्रावण २४ गते २०८३

चीनले उत्पादन गरेको क्यान्सरको नयाँ औषधिमा विश्वको नजर

मंगलवार , चैत्र ४, २०८१

काठमाडौं । चिनियाँ कम्पनीले विकास गरेको नयाँ क्यान्सर औषधिले विश्वव्यापी ध्यान खिचेको छ ।

Photo_8_Tj4UWKxJYe.jpg

अकेसो कम्पनीका अध्यक्ष मिशेल सियाका अनुसार कम्पनीको नयाँ विकसित औषधि, इभोनेसिमाबले फोक्सोको क्यान्सरको लागि अनियमित, डबल ब्लाइन्ड चरण तीन क्लिनिकल परीक्षणमा अग्रणी औषधि किट्रयुडा(किट्रुडा)लाई उछिनेको छ । परीक्षणमा, इभोनेसिमाबले रोग बिग्रँदै नगएको बिरामीहरू बाँच्ने समयलाई किट्रयुडाको तुलनामा लगभग दोब्बर बनाएको उनको भनाई रहेको छ । जसले अमेरिकी निर्माताको लागि १३० अर्ब अमेरिकी डलरभन्दा बढीको बिक्री गरेको छ । जसका कराण बायोटेक उद्योगमा व्यापक ध्यान आकर्षित गरेको छ ।

Photo_10_1SZTrvu8fh.jpg

अध्यक्ष मिशेल सियाले भने, ‘औषधि उद्योगको लागि, किट्रुडालाई उछिनेर धेरै बिरामीहरूलाई फाइदा पुर्‍याउने औषधि विकास गर्नु उल्लेखनीय उपलब्धि रहेको छ । विश्वभरका धेरै कम्पनीहरूले यस्ता औषधिहरू विकास गर्न प्रयासरत छन्, तर तिनीहरूका सबै चरण तीन परीक्षणहरू असफल भएका छन् । हाम्रो चरण तीन क्लिनिकल परीक्षण अनियमित, डबल–ब्लाइन्ड अध्ययनमा कडा सकारात्मक परिणाम प्राप्त गर्ने संसारको पहिलो हो, ।’

Photo_14_eJdxEryh9T.jpg

डा. सियाको कम्पनीलाई इभोनेसिमाब विकास गर्न एक दशक लागेको हो । चीनले औषधि नवप्रवर्तनमा उल्लेखनीय प्रगति गरिरहेको छ, नयाँ औषधिहरू विकास भइरहेका छन् र पाइप लाइनमा छन् । 

प्रतिक्रिया
सम्बन्धित समाचार