बिहिवार, आश्विन १५ गते २०८३

७.६६ अंकले घट्यो नेप्से, ४ अर्बमा पुग्यो सेयर कारोबार

मंगलवार , चैत्र ४, २०८१

काठमाडौं । आज सेयर बजार ७.६६ अंकले घटेको छ । सो गिरावटपछि नेप्से २६९७.०४ विन्दुमा कायम भएको छ ।

बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ५ अर्ब ४० करोडको कारोबार भएकोमा आज ४ अर्ब ३४ करोडको कारोबार भएको छ । कुल ८६  कम्पनीको मूल्य बढ्दा १५२ को घटेको छ भने ५ वटाको अघिल्लो मूल्यमै कारोबार भइरहेको छ । अन्यबाहेक सबै सेक्टरका सूचक घटेका छन् । सो सेक्टर ०.११ प्रतिशतले बढेको छ ।

घटेका सेक्टरहरुको गिरावट दर १ प्रतिशतमुनि रहेको छ । बैंकिङ ०.१४, विकास बैंक ०.४२, फाइनान्स ०.१७, होटल तथा पर्यटन ०.३६, हाइड्रोपावर ०.१७, लगानी ०.४२, जीवन बीमा ०.७०, उत्पादन ०.२३, माइक्रोफाइनान्स ०.३१, व्यापार ०.६६ तथा निर्जीवन बीमा ०.५४ प्रतिशतले घटेका छन् । मिथिला लघुवित्त तथा हिमालयन पावर पार्टनरको मूल्य ९.९ प्रतिशतले बढेको छ । अपरसोलु हाइड्रो इलेक्ट्रिकको ७.७, भूगोल इनर्जीको ७.२, पाँचथर पावरको ४.१ प्रतिशत मूल्य बढेको छ ।

त्यसैगरी सामुदायिक लघुवित्तको मूल्य ८.२, राप्ती हाइड्रोको मूल्य ७.७ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, घलेम्दी हाइड्रोपावर, नेपाल पुनर्बीमा, लाइफ इन्स्योरेन्स कर्पोरेसन र नारायणी डेभलपमेन्ट बैंक अगाडि रहेका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार