काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकमा गृहमन्त्री रमेश लेखकले फागुन २५ गते पूर्वराजाको स्वागतमा भएको गतिविधिबारे ब्रिफिङ गरेका छन्।
आज मंगलबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकमा लेखकले राजावादीको सक्रियताबारे ब्रिफिङ गरेका हुन् ।
उनले सडक प्रदर्शनमा १३ हजार मान्छे आएको बताए । पूर्वराजा करिब एक महिनाको पोखरा बसाइपछि फागुन २५ गते काठमाडौँ फर्किएका थिए। उनी फर्किँदा राजावादीहरूले स्वागत कार्यक्रम राखेका थिए।