मंगलवार, आश्विन १३ गते २०८३

इसराइली आक्रमणबाट गजामा एकैदिन ४०० जनाको मृत्यु

बुधवार , चैत्र ५, २०८१

काठमाडौँ । इसराइलले गजामा भीषण आक्रमण गरेको छ। मंगलबार इसराइली आक्रमणबाट गजामा एकैदिन ४०० जनाको मृत्यु भएको छ।

गजामा युद्धविराम सुरू भएको माघ ५ गते यताकै ठूलो आक्रमण हो। इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासले युद्धविराम लम्ब्याउन अस्वीकार गरेका कारण आफूले आक्रमण गर्न निर्देशन दिएको बताएका छन्।

उनले गजाका नागरिकहरूलाई सुरक्षित स्थानमा जान पनि निर्देशन दिएका छन्।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार