सोमवार, आश्विन १९ गते २०८३

यौन व्यवसायबारे विवादित अभिव्यक्तिमा कांग्रेस प्रमुख सचेतक घिमिरेले मागे माफी

बुधवार , चैत्र ५, २०८१

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले पर्यटन प्रवर्द्धनका लागि यौन व्यवसायलाई खुला गर्नुपर्छ भन्ने आफ्नो धारणाप्रति माफी मागेका छन् ।

यौन व्यवसाय खुला गर्नुपर्ने भनेर दिएको अभिव्यक्तिप्रति उनले आजको संसद् बैठकमा माफी मागेका छन् । प्रतिनिधि सभाको बैठकको सुरूमै बोल्नका लागि उनले नाम टिपाएका थिए । सभामुखले समय दिएपछि घिमिरेले यसअघि दिएको अभिव्यक्ति कांग्रेस संसदीय दलको नभई आफ्नो निजी रहेको बताएका छन् ।

यही चैत ३ गते घिमिरेले संसद्को विशेष समयमा बोल्दै नेपालमा यौन व्यवसाय खुला गर्नुपर्ने बताएका थिए । उनको यो अभिव्यक्तिको संसद् भित्र र बाहिर व्यापक आलोचना भएको थियो । आजको संसद् बैठकको सुरुमै बोल्दै घिमिरेले यो आफ्ना व्यक्तिगत धारणा भएको प्रष्टीकरण दिएका छन् । साथै उनले यो अभिव्यक्तिप्रति क्षमायाचना पनि गरेका छन् ।

उनले भने, ‘मैले व्यक्त गरेको धारणा एउटा संसद्को हैसियतले विशेष सन्दर्भमा राखेको व्यक्तिगत धारणाहरु हुन् । यो धारणा नेपाली कांग्रेस पार्टी र संसदीय दलको आधिकारिक धारणा होइन । यी विचारहरुले सम्मानित संसद्का सदस्यहरु एवम् अन्य जनसमुदायमासमेत केही नकारात्मक प्रभाव परेको भए म उहाँहरुको सम्मान गर्दै उहाँहरुसँग क्षमायाचना गर्दछु, ।’ 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार