सोमवार, आश्विन १९ गते २०८३

मुकुल ढकालको प्रश्न : कांग्रेस र एमाले हिन्दु राष्ट्रको पक्षमा उभिएका हुन् ?

बुधवार , चैत्र ५, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री मुकुल ढकालले नेपाली कांग्रेस र नेकपा एमाले हिन्दु राष्ट्रको पक्षमा उभिएका हुन् भन्दै प्रश्न गरेका छन् ।

आज सामाजिक सञ्जालमा लेख्दै ढकालले नेपाली कांग्रेस र नेकपा एमाले हिन्दु राष्ट्रको पक्षमा उभिएका हुन् भन्दै प्रश्न गरेका छन् । उनले कांग्रेस र एमालेको बैठकमा संघीयता, लोकतन्त्र र गणतन्त्रको पक्षमा उभिने निर्णय गरे तर हिन्दु(राष्ट्र वा धर्म)निरपेक्षताको बारेमा एक शब्द पनि नबोलेको बताएका छन् ।

ढकालले लेखेका छन्, ‘कांग्रेस-एमाले दुवैका बैठकले संघीयता, लोकतन्त्र र गणतन्त्रको पक्षमा उभिने निर्णय गरे तर हिन्दु(राष्ट्र वा धर्म)निरपेक्षताको बारेमा एक शब्द पनि बोलेका छैनन् ।

कित्ताकाट सुरु भएका बेला, ठूला दलहरूले सबैभन्दा सुरुमा प्रस्टसँग आफ्नो कित्ता क्लियर गर्नु पर्‍यो । के कांग्रेस र एमाले हिन्दु राष्ट्रको पक्षमा उभिएका हुन् ?’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार