काठमाडौं । चैत ८ गते (शुक्रबार) हुने भनिएको त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन रोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । आज पाटन उच्च अदालतले सो आदेश जारी गरेको हो ।
त्रिभुवन विश्वविद्यालयलाई विपक्षी बनाई विष्णुबहादुर बडैलाले दायर गरेको रिटको पक्षमा आज वरिष्ठ अधिवक्ताहरु दिनेश त्रिपाठी, मोहनकुमार ढुंगाना, केदार कार्की र अधिवक्ता बमबहादुर कटुवालले बहस गरेका थिए ।
यसअघि चैत ५ गते हुने भनिएको निर्वाचनमा विद्यार्थी संगठनहरूकोबीच सहमति नहुँदा त्रिवि प्रशासन र निर्वाचन समितिले चैत ८ गतेका लागि नयाँ मिति तय गरेका थिए । अदालतको यो आदेशसँगै निर्वाचन अन्योलमा परेको छ ।
न्यायाधीश डालकुमार खड्काको इजलासले यो आदेश जारी गरेको हो । उच्च अदालतले दुवै पक्षलाई भोलि नै छलफलमा बोलाएको छ ।