काठमाडौं । आज पनि सेयर बजारमा गिरावट आएको छ । अघिल्लो कारोबार दिन ७.६६ अंकले घटेको बजार आज १४.८ अंकले घटेको छ । सो गिरावटपछि नेप्से २६८२.१५ विन्दुमा कायम भएको छ ।
बजार घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ४ अर्ब ३४ करोडको कारोबार भएकोमा आज ५ अर्ब १४ करोडको भएको छ । ५३ कम्पनीको मूल्य बढ्दा १८३ को घटेको छ भने ७ वटाको अघिल्लो मूल्यमै कारोबार भइरहेको छ । होटल तथा पर्यटन ०.१० र व्यापार ०.६० प्रतिशतले बढेका छन् भने अरु सबै सेक्टरका सूचक घटेका छन् । फाइनान्स सेक्टर सबैभन्दा धेरै १.५३ प्रतिशतले घटेको छ ।
बैंकिङ ०.५६, विकास बैंक ०.१३, हाइड्रोपावर ०.६७, लगानी ०.४९, जीवन बीमा १.४८, उत्पादन ०.३३, माइक्रोफाइनान्स ०.४८, निर्जीवन बीमा ०.५१, तथा अन्य सेक्टर ०.५१ प्रतिशतले घटेका छन् । मिथिला लघुवित्तको मूल्य सबैभन्दा धेरै ९.३ प्रतिशतले बढेको छ । भूगोल इनर्जीको ७.३, ग्रीन डेभलपमेन्ट बैंकको मूल्य ७ प्रतिशतले बढेको छ ।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा, ग्रीन डेभलपमेन्ट बैंक तथा हिमालयन पावर पार्टनर अगाडि रहेका छन् ।