सोमवार, आश्विन १९ गते २०८३

एकीकृत समाजवादीका अध्यक्ष नेपाल म्यानमार प्रस्थान

बुधवार , चैत्र ५, २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल बुधबार म्यानमार प्रस्थान गरेका छन् ।

म्यानमार न्यारेटिभ थिङ् ट्याङ्कको निमन्त्रणामा ‘फोरम अन म्यानमार वियोण्ड–२०२५ च्यालेन्ज एण्ड अपुर्चुनिटीज इन द मल्टिपोलर वल्र्ड’ कार्यक्रममा सहभागी हुन अध्यक्ष नेपाल बुधबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

करिब एक साताको भ्रमण अवधिमा उनले त्यहाँका विभिन्न नेताहरूसँग भेटघाट साथै द्विपक्षीय हितका विषयमा छलफल गर्ने कार्यक्रम छ । त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा उहाँलाई बिदाइ गर्न पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार