आइतवार, श्रावण २४ गते २०८३

प्रचण्डको बोली फेरियो, बारा पुगेर ओली सरकार चाडैँ ढल्ने घोषणा

बुधवार , चैत्र ५, २०८१

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्ने प्रयास गरिरहेका छन् ।

सरकार ढाल्नको लागि प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न आग्रह गरिरहेका छन् । केही समय अगाडि मात्रै माओवादी ०८४ सम्म सरकारमा जादैँन भन्ने प्रचण्डले अब बोली फेरेका छन् ।

ओली सरकारका कारण राजावादी सल्बलाएको र अब देशको नेतृत्वका लागि माओवादीको आवश्यक परेको प्रचण्डको दावी छ । काठमाडौँमा आएर नेपाली कांग्रेसका दोस्रो तहका नेतासँग वार्ता गरेका प्रचण्डले बुधबार बारा पुगेर  सरकार अब धेरै अगाडि नजाने दाबी गरेका छन्। 

बिहीबारदेखि पुनः सुरू हुन लागेको हुलाकी राजमार्ग केन्द्रित तराई-मधेस जागरण अभियानका लागि बारा पुगेका प्रचण्डले सिमरामा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले सरकार धेरै अगाडि नजाने दाबी गरेका हुन्।

‘त्यो टिक्ने र चल्ने वाला छैन। यसको जन्म नै अप्राकृतिक तरिकाले भएकाले यो धेरै अगाडि जाने कुरा छैन। यसले राष्ट्र र जनताको पक्षमा कुनै राम्रो काम गर्न सक्ने स्थिति पनि छैन,’ उनले भने। 

अध्यक्ष प्रचण्डले अहिलेको सरकार भ्रष्टाचारीलाई बचाउन बनेको सरकार भएकाले यसले सुशासनको पक्षमा काम गर्न सम्भव नहुने दाबी गरे। पछिल्लो उदाहरणका रूपमा कुलमान घिसिङलाई हेरे पुग्ने उनले बताए। ‘एउटै कुलमान घिसिङको उदाहरण काफी छ। जसले अँध्यारो नेपाललाई उज्यालो नेपाल बनाउनका लागि महत्त्वपूर्ण भूमिका खेल्यो। त्यसलाई सताउने, ह्युमिलेट गर्ने, चिथोर्ने, कोपर्ने जे पनि गर्ने कोसिस भइराख्यो,’ उनले भने।  तर, प्रचण्डले सरकार नटिक्ने भनेपनि देउवा ओली सरकार ढाल्ने मनशायमा भने छैनन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार