काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबारबाट माध्यामिक शिक्षा परीक्षा (एसईई) दिन लागेका विद्यार्थीहरुलाई शुभकामनासहित १० टिप्स दिएका छन् ।
उनले सामाजिक सञ्जालमा भिडिओ सन्देश जारी उनले विभिन्न किमिसका टिप्स दिएका हुन् । उनले अघिल्लो एसईई परीक्षाहरुमा राम्रो नतिजा नआउनुको पछाडि यसलाई फलामको ढोकाको रुपमा चित्रण गरिएकाले उल्लेख गर्दै जीवनमा धेरै किसिमको परीक्षा आउने भएकाले यसमा नतर्सिन पनि सुझाए ।
यस्ता छन् प्रधानमन्त्रीले दिएका १० टिप्सः
१. उत्तरपुस्तिका रुजरु गर्ने, च्यातेको, खाली छ छैन हेर्ने
२. अतिरिक्त कलम बोक्ने, उस्तै लेख्ने र उही रंगको मसी प्रयोग गर्ने
३. उत्तरपुस्तिकामा लेख्दा बीचमा खाली पन्ना नछोड्ने
४. हतारमा परीक्षा दिएर बाहिर ननिस्कने
५. थप उत्तरपुस्तिकामा हस्ताक्षर गराउन नबिर्सिने
६. समयको व्यवस्थापन गर्ने, सभ्य भएर परीक्षा दिन जाने
७. परीक्षा दिन जाँदा आफूलाई चाहिने सम्पूर्ण सामानको हेरविचार गर्ने
८. आफूलाई आउने प्रश्नहरुको उत्तर सुरुमा लेख्ने
९. प्रवेश पत्र लैजना नबिर्सिने, खानपानमा विचार पुर्याउने
१०. निद्रा पुर्याएर परीक्षा दिन जाने ।