सोमवार, आश्विन १९ गते २०८३

तत्काल लिपुलेक, कालापानी र लिम्पियाधुरा भ्रमणको तयारी छैन : प्रधानमन्त्री ओली

बिहिवार , चैत्र ६, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल लिपुलेक, कालापानी र लिम्पियाधुरा भ्रमणको तयारी नभएको बताएका छन् ।

आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा राप्रपा सांसद बुद्धिमान तामाङले ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा भ्रमणमा प्रधानमन्त्रीज्यू कहिले जानुहुन्छ ? भ्रमणको कुनै कार्यक्रम बनेको छ कि छैन ?,’ भनेर प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘‘अहिले तत्काल योजना बनेको छैन, पछि जान सकिन्छ। ’

प्रधानमन्त्री ओलीले सांसद तामाङलाई प्रतिप्रश्न गरेका छन् । उनले सोधेका छन्, ‘माननीयज्यूको योजना बनेको छ कि के हो ? योजना बनेको भए राम्रो कुरा हो ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार