सोमवार, आश्विन १९ गते २०८३

प्रधानमन्त्री ओली भन्छन्– पटकपटक प्रयास गर्दा पनि प्रचण्डसँग सम्पर्क हुन सकेन

बिहिवार , चैत्र ६, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सम्पर्क गर्ने प्रयासमा रहेको बताएका छन् ।

आज प्रतिनिधिसभामा सांसदहरूसँगको सवाल-जवाफ कार्यक्रममा उठेका प्रश्नहरूको उत्तर दिने क्रममा उनले यस्तो बताएका हुन् । शान्ति प्रक्रियाका बाँकी कामहरूलाई टुंगोमा पुर्‍याउन आफूले सम्पर्क गर्न खोजेको भएपनि स्वास्थ्यमा समस्या आएर प्रचण्ड सम्पर्कमा आउन नसकेको बताएका छन् । उनले भने, ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया यथाशक्य छिटो टुंग्याउन सरकार प्रतिबद्ध छ, ।’

प्रधानमन्त्री ओलीले भने, ‘यसमा अहिले पनि म प्रयासरत छु । यसमा म विपक्षी दलका नेताज्यूसँग सम्पर्क गर्न खोजिरहेको छु । मैले पटकपटक प्रयास गर्दा उहाँ स्वास्थ्यमा केही सम्पर्क गर्न नसक्नुभएको जवाफ पाएको छु ।’ प्रधानमन्त्री ओलीले प्रचण्डसँग सम्पर्क हुनासाथ शान्ति प्रक्रियाका बाँकी काम अघि बढ्ने जानकारी गराएका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार