सोमवार, आश्विन १९ गते २०८३

सरकारले बढुवा र नियुक्तिको काम मेरिटबेसमा गरिरहेको छ : प्रधानमन्त्री ओली

बिहिवार , चैत्र ६, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बढुवा र नियुक्तिको काम मेरिटबेसमा गरेको बताएका छन् ।

आज प्रतिनिधिसभामा प्रधानमन्त्रीसँगको सवाल–जवाफ कार्यक्रममा सांसद मनिष झाको प्रश्नको उत्तर दिँदै उनले नेपाल प्रहरीको प्रमुखमा भएको नियुक्तिको उदाहरण दिएका छन् । 

प्रधानमन्त्री ओलीले भने, ‘यसअघि भएका गलत अभ्यासहलाई तोडेर सरकारले मेटिबेसम बढुवा र नियुक्तिको काम गरिरहेको छ, नेपाल प्रहरीको नियुक्ति गर्दा यसअघि कस्ताकस्ता कुरा सुन्नुपर्थ्यो । यसपटक त्यस्तो सुन्न देख्न परेको छैन् । अब कसैलाई रहर भएर भन्छ भने त्यो जवाफ दिनुपर्ने हुन्छ ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार